भारतीय कारमा भेटियो १ सय ५० किलो गाँजा
शनिबार, ०१ मङ्सिर २०८१, १६ : २३

महोत्तरी । औरही नगरपालिका-१ औरही चेक पोष्ट अगाडि सडकबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५० किलोग्राम, नगद ७७ हजार रुपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-११ बस्ने २७ वर्षीय आकाश ठाकुर र हरिवन नगरपालिका-२ बस्ने ३० वर्षीय पेमा दोर्जे लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले गौशलाबाट औरहीतर्फ आउँदै गरेको युपि ५७ एएफ ९४९५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक आकाश र कारमा सवार पेमा दोर्जेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो