उपनिर्वाचन : यस्ता छन् एमालेका ४२ उम्मेदवार (सूची)

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् ।
यता, काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने छन् । रुकुम पूर्वको पुथउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनले टिकट पाएकी छन् ।
त्यसै गरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि जंगबहादुर शाहीलाई टिकट दिइएको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहराले टिकट पाएकी छन् ।
उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ ।
हेर्नुहोस् सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलले दियो अधिवेशनको मिति तोक्न तल्ला समितिलाई निर्देशन
-
तिनकुने घटनाका विषयमा सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
-
राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार