रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी´: अहिलेसम्मको व्यवसाय कति ?
काठमाडौँ । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर राम्रो व्यापार गरिरहेको छ । आज शनिबार देशभरका अधिकांश सोहरू हाउसफूल छन् । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिए । चलचित्रको शुक्रबार र शनिबारकाे व्यावसायिक रिपोर्ट आउन बाँकी छ ।
एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमा समेत बन्न सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन, सर्वाधिक सो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै सो यो चलचित्रको कब्जामा छ ।
यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । साथै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै सो पाउने चलचित्र बनेको छ ।
नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा समेत निस्किएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ टिम चलचित्रको प्रचारका लागि नभएर मुख्य सहरहरूका विभिन्न हलमा पुगेर चलचित्रलाई मन पराइदिएको र सपोर्ट गरिदिएकोमा धन्यावाद दिन मोफसलका हल-हल पुगिरहेका छन् । यो भ्रमणमा निर्माताहरुसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् ।
सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारको समेत चलचित्रमा अभिनय छ ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर संरचनाले आर्थिक र मानवीय क्षति बढाउँछ : मन्त्री दाहाल
-
संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गर्ने हो : उपप्रधानमन्त्री पौडेल
-
प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्ति फिर्ता गर्न र माफी माग्न एमालेको आग्रह
-
कीर्तिपुरको मेयरमा डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
-
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
-
मञ्चमा फर्किए मह जोडी