शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् : प्रधानमन्त्री ओली

शनिबार, ०१ मङ्सिर २०८१, १५ : २९
शनिबार, ०१ मङ्सिर २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन् । 

उनले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने बताए । सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि उनको भनाई थियो ।

उनले भने, ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोल्टिकल चिटिङ गरिरहेका छन् । त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिलकुल फरक हो । सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा हो । वैरभाव पलायो भने बुद्धिजम छैन । बुद्धिजममा धेरै राम्रा गुण छन् । यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच छैन ।’ 

प्रधानमन्त्री ओलीले बुद्ध धर्ममा उचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताए । आफू बुद्धवादको अध्येता नभई बुद्धवाद मन पराउने मानिस भएको उनको जिकिर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप