भालुको आक्रमणबाट एक जनाको मृत्यु
शनिबार, ०१ मङ्सिर २०८१, १२ : २२

सिन्धुली । सिन्धुलीमा भालुको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका–१ कार्तिके बस्ने अन्दाजी ७२ वर्षीय गोपिलाल घिसिङ रहेका छन् ।
आफ्नो घरदेखि अन्दाजी १ किलोमिटर उत्तरतर्फ रहेको सिम्ले खोल्सी जंगलमा बिहीबार छिमेकी बाख्रा भालुले लगेको थियो । शुक्रबार गोपिलालसहित ७र८ जना बाख्रा खोज्न जंगल पुगेका थिए ।
सोही क्रममा भालुले गोपिलालमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेर उनको गर्दनको हड्डी र हातको नाडी भाँचिन पुगेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक
-
रौतहटको दुई स्थानमा आगलागी, झन्डै २ करोडको क्षति
-
भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु, तस्बिरहरू
-
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो