राप्रपाका शीर्ष नेता सुदूरपश्चिम प्रदेशकाे भ्रमणमा जाँदै
शनिबार, ०१ मङ्सिर २०८१, १२ : १५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता र कार्यकर्ताहरुले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएका छन् । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेता कार्यकर्ताहरुले आइतबारदेखि सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएका हुन् ।
बाजुराबाट सुरु हुने सो यात्रा अछाम, डोटी, कञ्चनपुर र कैलालीसम्मको हुने जनाइएकाे छ। राप्रपाले यसअघि कर्णाली प्रदेशको यात्रा गरेको थियो । जनताका कुरा सुन्न र आफ्ना कुरा राख्न राप्रपाले यो अभियान सुरु गरेको हो ।
पार्टीले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठकाअनुसार मंसिर ३ गते बाजुराको कोल्टी, ४ गते अछामको मंगलसेन, ५ गते डोटी, ६ गते कञ्चनपुर र ७ गते कैलालीको साडेपानी पुग्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता