सामान बोक्ने मोटरसाइकलले बढाउँदै दुर्घटना (फोटो फिचर)
![सामान बोक्ने मोटरसाइकलले बढाउँदै दुर्घटना (फोटो फिचर)](https://npcdn.ratopati.com/media/news/bike-loder-(1)_2ob2Q7KpQG.jpg)
काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरुमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ । कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने भएकाले पनि मोटरसाइकलको प्रयोग बढी हुन्छ ।
मुख्य सडकमा सार्वजनिक यातायातहरु प्रशस्त भेटिए पनि आफूले भनेको ठाउँमा पुग्नका लागि मोटरसाइकल सहज सवारीसाधन हो । त्यसैले पनि मोटरसाइकल चलाउनेहरुको बाहुल्यता बढी हुन्छ । मानिसहरु आवतजावतका लागि मोटरसाइकल चलाउनु त समयको वचतका हिसावले पनि राम्रो नै हो ।
सार्वजनिक सवारीसाधनबाट झरेर १० मिनेट हिँड्नुपर्ने ठाउँमा मोटरसाइकल भएको खण्डमा दुई मिनेटमै गन्तव्यस्थल पुगिन्छ । तर मानिसहरु चढ्ने बाहेक मोटरसाइकलमा सामान लोड गरेर यात्रा गर्दा दुर्घटना बढाइरहेको छ । थोरै सामान लोड गरेर लैजान कुनै कठिनाइ हुँदैन । तर मोटरसाइकल, साइकलमा धान्ने भन्दा बढी सामानहरु लोड गर्दा हुने दुर्घटनाहरु बढिरहेका छन् ।
एक त मोटरसाइकलमा सानो रिक्सामा अट्ने भन्दा बढी सामानहरु लोड गरिएको हुन्छ । त्यसले स्वयं चालकलाई त अफ्ठ्यारो पार्छ नै साथमा सँगै यात्रा गरिरहेका अन्य सवारीसाधनहरु पनि समस्यामा पर्छन् । किनभने लोड गरिएका अत्याधिक सामानहरुले सडक बढी ढाकिरहेको हुन्छ । जसले अरुलाई असहज बनाइदिन्छ र कतिपय ठाउँमा दुर्घटना हुन्छ ।
सवारी तथा यातायात व्यवस्था नियमावलीकाअनुसार मोटरसाइकल/साइकलले सामानहरु ओसारपसरा गर्न मिल्दैन । न्युज एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?