शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सडक यात्रा

सामान बोक्ने मोटरसाइकलले बढाउँदै दुर्घटना (फोटो फिचर)

शनिबार, ०१ मङ्सिर २०८१, ०९ : ५८
शनिबार, ०१ मङ्सिर २०८१

काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरुमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ । कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने भएकाले पनि मोटरसाइकलको प्रयोग बढी हुन्छ ।

मुख्य सडकमा सार्वजनिक यातायातहरु प्रशस्त भेटिए पनि आफूले भनेको ठाउँमा पुग्नका लागि मोटरसाइकल सहज सवारीसाधन हो । त्यसैले पनि मोटरसाइकल चलाउनेहरुको बाहुल्यता बढी हुन्छ । मानिसहरु आवतजावतका लागि मोटरसाइकल चलाउनु त समयको वचतका हिसावले पनि राम्रो नै हो । 

सार्वजनिक सवारीसाधनबाट झरेर १० मिनेट हिँड्नुपर्ने ठाउँमा मोटरसाइकल भएको खण्डमा दुई मिनेटमै गन्तव्यस्थल पुगिन्छ । तर मानिसहरु चढ्ने बाहेक मोटरसाइकलमा  सामान लोड गरेर यात्रा गर्दा दुर्घटना बढाइरहेको छ । थोरै सामान लोड गरेर लैजान कुनै कठिनाइ हुँदैन । तर मोटरसाइकल, साइकलमा धान्ने भन्दा बढी सामानहरु लोड गर्दा हुने दुर्घटनाहरु बढिरहेका छन् ।

एक त मोटरसाइकलमा सानो रिक्सामा अट्ने भन्दा बढी सामानहरु लोड गरिएको हुन्छ । त्यसले स्वयं चालकलाई त अफ्ठ्यारो पार्छ नै साथमा सँगै यात्रा गरिरहेका अन्य सवारीसाधनहरु पनि समस्यामा पर्छन् । किनभने लोड गरिएका अत्याधिक सामानहरुले सडक बढी ढाकिरहेको हुन्छ । जसले अरुलाई असहज बनाइदिन्छ र कतिपय ठाउँमा दुर्घटना हुन्छ । 

सवारी तथा यातायात व्यवस्था नियमावलीकाअनुसार मोटरसाइकल/साइकलले सामानहरु ओसारपसरा गर्न मिल्दैन । न्युज एजेन्सी

bike loder (3)bike loder (4)bike loder (5)bike loder (6)bike loder (7)bike loder (8)bike loder (9)bike loder (10)bike loder (11)bike loder (12)bike loder (13)bike loder (14)bike loder (15)bike loder (16)bike loder (17)bike loder (18)bike loder (19)bike loder (20)bike loder (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप