शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेत्री दिशा पटानीका पितासँग २५ लाख ठगी

शनिबार, ०१ मङ्सिर २०८१, ०९ : ४५
शनिबार, ०१ मङ्सिर २०८१

मुम्बई । बलिउड अभिनेत्री दिशा पटानीका पिता तथा सेवानिवृत्त प्रहरी अधिकृत जगदीश पटानी ठुलो ठगीको शिकार भएका छन् । सरकारी आयोगमा उच्च पद दिने नाममा दिशाका बुबासँग २५ लाख ठगी गरेका हुन् । 

जगदीश पटनीले शुक्रबार साँझ बरेली कोतवाली थानामा ठगीको आरोपमा एफआईआर दर्ता गरेका छन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । 

यस सम्पूर्ण विषयमा कोतवाली प्रहरी चौकी इन्चार्ज डीके शर्माले भने– शिवेन्द्रप्रताप सिंह, दिवाकर गर्ग, जुना अखाडाका आचार्य जयप्रकाश, प्रीति गर्ग र एक अज्ञात व्यक्तिविरुद्ध ठगी, आपराधिक धम्की र जबर्जस्ती रकम असुलीको मुद्दा दर्ता गरिएको छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्ने प्रयास भइरहेको छ ।

दिशा पटनीका बुबा जगदीश पटनी आफ्नो परिवारसँग बरेलीको सिभिल लाइन्समा बस्छन्। उजुरीका अनुसार आरोपित शिवेन्द्र प्रताप सिंहलाई आफूले व्यक्तिगत रूपमा चिनेको उनको भनाइ छ । शिवेन्द्रले नै उनलाई दिवाकर गर्ग र आचार्य जयप्रकाशसँग परिचय गराए। 

अभियुक्तले आफ्नो धेरै बलियो राजनीतिक सम्बन्ध रहेको दाबी गरेको उजुरीमा थप भनिएको छ । उनले जगदीश पटनीलाई सरकारी आयोगमा अध्यक्ष, उपाध्यक्ष वा यस्तै प्रतिष्ठित पद पाउने आश्वासन दिएका थिए । जगदीशको विश्वास जितेपछि ५ जनाको समूहले उनीबाट २५ लाख रुपैयाँ लिएको थियो, जसमध्ये ५ लाख नगद र २० लाख रुपैयाँ तीन फरक बैंक खातामा ट्रान्सफर भएको थियो ।

तीन महिनासम्म कुनै प्रक्रिया नहुँदा अभियुक्तले ब्याजसहित रकम फिर्ता गर्ने वाचा गरेका थिए । तर, जगदीशले पैसा फिर्ता मागेपछि उनीहरूलाई धम्की दिन थालेको र आक्रामक व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप