दोस्रो पटक पिता बने रोहित शर्मा

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका टेस्ट तथा एकदिवसीय कप्तान रोहित शर्मा दोस्रो पटक पिता बनेका छन् । मिडिया रिपोर्टका अनुसार उनकी पत्नी ऋतिका सजदेहले १५ नोभेम्बर राति अबेर छोरालाई जन्म दिएकी हुन् । तर, रोहित र ऋतिकाले भने यसको पुष्टि भने गरेका छैनन् ।
रोहितले सन्तानको जन्मका लागि भारतीय टोलीबाट ब्रेक लिएका थिए । उनी टोलीसँग अस्ट्रेलिया पनि पुगेका छैनन् । तर, छोराको जन्मपछि २२ नोभेम्बरबाट सुरु हुने पर्थ टेस्टमा उनले खेल्न सक्ने अनुमान गरिएको छ । रोहित केही दिनपछि अस्ट्रेलिया पुग्ने बताइएको छ ।
रोहितले १३ डिसेम्बर २०१५ मा ऋतिकासँग विवाह गरेका थिए । ३० डिसेम्बर २०१८ मा ऋतिकाले छोरी समाइरालाई जन्म दिइन् । समाइरा अहिले ५ वर्षकी भइसकेकी छिन् ।
उता भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल पनि छिट्टै पिता बन्न लागेका छन् । उनले गत वर्ष जनवरीमा बलिउड अभिनेत्री आथिया शेट्टीसँग विवाह गरेका थिए । रिपोर्टका अनुसार राहुल जनवरी २०२५ मा पिता बन्न सक्नेछन् ।
यसै वर्षको जनवरीमा विराट कोहली पनि दोस्रो पटक बुवा बनेका थिए । उनकी श्रीमती अनुष्का शर्माले छोरा अकेलाई जन्म दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म