शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
पर्यटकीय स्थल

तस्बिरमा हेर्नुहोस् पर्यटकीय सम्भावना बोकेको जलजला

शनिबार, ०१ मङ्सिर २०८१, ०७ : ५९
शनिबार, ०१ मङ्सिर २०८१

म्याग्दी । ठुलो जङ्गलको बिचमा घाँसे मैदान, आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवलागिरिलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । विभिन्न जङ्गली फुलहरूले भरिएको मैदान ।  

यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ । द्वन्द्वकलाको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला बाग्लुङको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुङ्गिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ । 

जलजलाबाट बिहानै सूर्योदयको मजा लिँदै आँखै अगाडि सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासलु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरू जलजला आउने गर्दछन् । 

म्याग्दी लुलाङका फुलमान विक विगत लामो समयदेखि ट्रेकिङ गाइड गरिरहेका छन् । तर पछिल्लो समय उनी गाइडको पेसा छोडेर आफ्नो ठाउँमा पर्यटकहरूलाई सुविधा दिन गोठमा बस्दै आएका छन् । जलजलामा अहिले उनको मात्र एउटा गोठ सञ्चालन छ । 

आएका पर्यटकलाई पानी चियाले स्वागत गर्छन् फुलमान । यसरी आफ्नो ठाउँमा आएको पर्यटकलाई पाहुना सरी ठानेर सेवा गर्दा निकै सन्तुष्ट महसुस गर्ने फुलमान बताउँछन् । ‘जलजला लुकेको छ यसलाई प्रचारप्रसार गर्न निकै जरुरी छ, ’ उनले भने ‘जलजला आउने पर्यटकलाई यहाँ बस्न कुनै असुविधा छैन ।’

jaljala (2)

जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजला सम्म ५ देखि ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरि गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडीमा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी

jaljala (3)jaljala (4)jaljala (5)jaljala (6)jaljala (7)jaljala (8)jaljala (9)jaljala (10)jaljala (11)jaljala (12)jaljala (13)jaljala (14)jaljala (15)jaljala (16)jaljala (17)jaljala (18)jaljala (19)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप