प्राड विवाक जर्नल विमोचन
शुक्रबार, ३० कात्तिक २०८१, २२ : ४२

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र प्रधानसेनापति अशोकराज सिग्देलले प्राड विवाक जर्नल २०८१ को संयुक्त रूपमा विमोचन गरेका छन् ।
नेपाली सेनाको प्राड विवाक स्थापनाको ६२औँ वार्षिकोत्सवको अवसरमा आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा उनीहरुले जर्नल विमोचन गरेका हुन् । कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने सैनिक विशेष अदालतका पूर्वसदस्य तथा पूर्वरक्षा सचिव किरणराज शर्मा र सेना प्राड विवाकका पूर्वप्रमुख प्राड उपरथी रत्न प्रकाश थापालाई सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा न्यायाधीशहरू, नेपाल सरकारका सचिवहरू, नेपाली सेनाका रथीवृन्द एवं अधिकृतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन