ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको बताएका छन् । नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले ग्राहक संरक्षणका लागि छुट्टै मेकानिजम समेत बनाउन लागेको बताएका हुन् ।
गभर्नर अधिकारीले ग्राहकहरूलाई बैंकबाट हुने अनावश्यक दबाबको नियमन गर्नका लागि सूक्ष्म निगरानी गरिने धारणा राखे । उनले सबै बैंकले एउटै नियमनभित्र बसेर प्रतिस्पर्धात्मक सेवा प्रवाह गरुन् भन्ने नीति राष्ट्र बैंकको रहेकाले नेपाल बैंकमाथि पनि अरू निजी बैंकभन्दा फरक दृष्टिकोण नबनाउने स्पष्ट पारे ।
गभर्नर अधिकारीले बैंकको उद्देश्य प्राप्तिका लागि आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्नसक्नुपर्ने र कर्मचारीसँग पनि सन्तुष्ट ग्राहक हुन जरुरी रहेको धारणा राखे । त्यस्तै उनले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव समेत दिए ।
वार्षिकोत्सवका अवसरमा बैंकले केहि कर्मचारीलाई सम्मान र पुरस्कृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे