नुहाउने क्रममा बेपत्ता भएका दुईमध्ये एकको शव फेला

सिरहा । कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनामध्ये एक जना मृतावस्थामा फेला परेका छन् । अर्का एक जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार कर्जन्हा नगरपालिका १ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेर बेपता भएका मिर्चैया नगरपालिका ५ का बिन्देश्वर मण्डलको छोरा १६ वर्षीय रोशन मण्डलको शव फेला परेको हो।
उनीसँगै हराइरहेका रामनाथ साहको छोरा १५ वर्षीय लक्ष्मण कुमार साह भने अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
कात्तिके पूर्णिमा नुहाउन गएका उनीहरू नुहाउने क्रममा पानीमा डुबेका थिए। प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बन्दिपुर र सशस्त्र प्रहरी बल मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा नदीमा तैरिरहेको अवस्थामा फेला पारेको हो।
घटनाबारे अनुसन्धानका साथै बेपत्ताको खोजीकार्य भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलले दियो अधिवेशनको मिति तोक्न तल्ला समितिलाई निर्देशन
-
तिनकुने घटनाका विषयमा सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
-
राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार