भारतीय प्रधानमन्त्री चढ्ने विमानमा प्राविधिक समस्या, राहुल गान्धी सवार हेलिकोप्टर पनि थन्कियो
शुक्रबार, ३० कात्तिक २०८१, १६ : २३

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमानमा प्राविधिक समस्या देखिएको छ । चुनाव प्रचार कार्यक्रम अन्तर्गत झारखण्ड पुगेका मोदी विमानमा देखिएको समस्याका कारण दिल्ली फर्किन ढिलो हुने जनाइएको छ ।
मोदीको विमान देवघर विमानस्थलमा छ । विमानमा देखिएको समस्या समाधान गर्न प्राविधिकको टोली खटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबिच प्रतिपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धी सवार हेलिकोप्टर पनि थन्किएको छ । गान्धी पनि चुनाव प्रचारकै क्रममा झारखण्ड पुगेका थिए ।
राहुल गान्धीले प्रयोग गरेको हेलिकोप्टर झारखण्डकै गोड्डामा थन्किएको हो । उक्त होलिकोप्टरलाई एयर ट्राफिक सर्भिस (एटिएस)ले ‘क्लियरेन्स’ नदिएका कारण उड्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
-
नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’