गुल्मीको मुसिकोटमा उपनिर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना
शुक्रबार, ३० कात्तिक २०८१, १६ : २२
_7ynRqXcen2.jpg)
बुटवल । गुल्मीको मुसिकोट नगरपालिका १ नम्बर वडामा हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनअन्तर्गत शुक्रबार मुसिकोट नगरपालिकाको १ नम्बर वडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत युवराज गौतमले कार्यालय स्थापना भएको बताएका छन् । उक्त अवसरमा गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गरै, डीएसपी शङ्कर पोखरेल, राजनीति दलका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
मुसिकोट नगरपालिका १ नम्बर वडामा रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचन हुँदैछ । जसमा नेपाल कांग्रेसले आनन्द श्रेष्ठ, एमालेले दल बहादुर थापा, माओवादी केन्द्रका दुर्गा बहादुर विक उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
-
कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?
-
डान्सबारमा बालिका बेच्ने पक्राउ
-
अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ
-
गभर्नर नियुक्तिमा गम्भीर देखिएन सरकार