सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार
बेइजिङ । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम) ले यस वर्षको छनौटमा चीनका सातवटा गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’ का रूपमा सम्मान तथा पुरस्कृत गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । बेइजिङको स्थानीय समयअनुसार शुक्रबार कोलम्बियाको कार्टाजेनामा आयोजित राष्ट्रसङ्घीय पर्यटन बैठकमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
पुरस्कृत हुनेमा युन्नानको आझेके, फुजियानको गुआन्याङ, हुनानको शिबाडोङ, सिचुआनको ताओपिङ गाउँ, अनहुईको सियाओगाङ गाउँ, झेजियाङको जिटोउ र सान्डोङको यान्दुन्जियाओ रहेका छन् । चीनको ग्रामीण पर्यटन विकासमा उल्लेखनीय भुमिका खेलेका पूर्वी, मध्य र पश्चिमी क्षेत्रहरूमा फैलिएका गाउँहरू भूगोल, संस्कृति र विकास नमूनाको सन्दर्भमा प्रतिनिधिमुलक गाउँहरू हुन् ।
उदाहरणका लागि, युनेस्कोको विश्व सम्पदा स्थल होङ्गे हानी राइस टेरेसको मध्य विन्दुमा अवस्थित युन्नानको अझेक गाउँले पर्यटन विकासका लागि उल्लेखनिय कार्य गरेको जनाइएको छ । यस गाउँका बासिन्दाहरूले सामूहिक सहभागिता र साझा समृद्धिको मोडेल सिर्जना गर्दै घर र परम्परागत जीवनशैलीजस्ता स्रोतमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गरेका छन् ।
ग्रामीण पर्यटन प्रवद्र्धन गर्न, राष्ट्रसङ्घीय पर्यटनले सन् २०२१ मा सर्वश्रेष्ठ पर्यटन गाउँ परियोजना सुरु गर्यो जसले ग्रामीण क्षेत्रको पोषण र सांस्कृतिक विविधता, स्थानीय मूल्य र परम्पराको संरक्षणमा अग्रणी रहेका विश्वका गाउँलाई मान्यता दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ सम्मेलन : नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी
-
ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट
-
बाँकेमा भेडा जुधाइको रौनक
-
दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो
-
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
-
भारतले भन्यो– नेपाल–बंगलादेश विद्युत् व्यापारले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउने छ