स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

म्याड्रिड । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ : ०० बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए ।
आगलागीको कारण समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन । वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन।
शहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो।
“भाग्यवश, त्यो कोठामा सुरक्षा ढोका रहेछ र यसका कारण आगो अन्यत्र फैलिनबाट रोकियो, उनले भने ।
अरागोन क्षेत्रका लागि केन्द्रीय सरकारका प्रतिनिधि फर्नान्डो बेल्ट्रानले मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए । धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुनसक्ने उनले बताए ।
अरागोन सरकारका प्रमुख जर्ज एज्कोनले आगलागी र यसबाट भएको क्षतिबाट आफू स्तब्ध भएको र शोकको सङ्केतका रूपमा सार्वजनिक कार्यक्रम स्थगित गरेको बताएका छन् ।
जार्डिनेस डे भिल्लाफ्रान्का निवास सन् २००८ मा वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्धव्यक्तिहरूलाई राख्नेगरी सुविधाहरू थपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै