‘महानायक’ भन्नेलाई ब्लक गर्ने दीपकराजको चेतावनी

काठमाडौँ । राजेश हमालको ‘महानायक’ विषयमा बोलेको कारण केही वर्ष अगाडि निर्देशक दीपाश्री निरौला विवादमा परिन् । उनी विवादमा पर्दा उनका नजिकका साथी तथा कलाकार दीपकराज गिरीले सपोर्ट गरेका थिए ।
त्यसपछि सामाजिक सञ्जालमा गिरीलाई ‘महानायक’ भनेर ट्रोल हुन थाल्यो । त्यो क्रम अहिले रोकिएको छैन । अहिले दीपकलाई आलोचकले ‘महानायक’ भन्दै प्रतिक्रिया दिने गरेका छन् ।
अब भने दीपकराज चुप नबस्ने भएका छन् । उनले आफूलाई सामाजिक सञ्जालमा ‘महानायक’ भन्नेलाई ब्लक गरिदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले यस्तो चेतावनी दिएका हुन् ।
‘आजबाट जस–जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु’, उनले अगाडि भनेका छन्– ‘तर, मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । फरक विचार स्वागत, असभ्यता अस्वीकार ।’
दीपराजले फेसबुकको पर्खाल आफ्नो बिचार पोख्ने थलो भएको भन्दै यहाँ आफूलाई के मन पर्छ लेख्ने हो, दुनियाँलाई के मन पर्छ त्यो लेख्ने होइन भनेर लेखेका थिए । उक्त पोस्टमा विभिन्न कमेन्ट आउन थालेपछि उनले यस्तो पोस्ट गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी निभाइयो टिकाथलीमा ग्यासबाट दन्किएको आगो (तस्बिरहरू)
-
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
-
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल