फिल्मको व्यवसाय भूकम्प जस्तै होः दिनेश डिसी

काठमाडौँ । चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डिसीले फिल्मको व्यवसाय भूकम्प जस्तै भएको बताएका छन् । कुन फिल्मले व्यवसाय गर्छ र कुनले गर्दैन पहिले अनुमान गर्न नसकिने उनको भनाई छ ।
‘चलचित्र क्षेत्र यस्तो क्षेत्र हो, जसको ग्यारेन्टी दिन सकिँदैन । त्यसैले कुन चलचित्र हिट हुन्छ भन्न सकिन्न’, डिसीले भने, ‘सम्भाव्यता मात्र अध्ययन गर्न सकिन्छ । अनुमान गर्न सकिन्छ । तर, ठोकुवा गर्न सकिँदैन ।’ पछिल्लो समय चलचित्रको माहौल चाहिँ बनिरहेको उनेको भनाई छ ।
‘फिल्मको माहौल एकदमै राम्रो भइरहेको छ’, उनले रातोपाटीसँग भने ‘अहिले धेरै फिल्म हिट भए । केही ब्लकबस्टर नै साबित भएका छन् । हामी खुसी छौँ ।’ ‘दर्शकहरूमा नेपाली फिल्म हेर्नुपर्छ भन्ने भावना जागृत भएको छ । भविष्यका लागि यो राम्रो सङ्केत हो’ उनले थपे ।
डिसीले फिल्मको माहौलसँगै आकर्षण पनि बढेको बताए । उनी भन्छन्, ‘हाम्रो समयसम्म चलचित्र, टेलिभिजन, कलाकारिताबाट कति पैसा आउँछ भन्ने थाहा थिएन । हामी लहडमा लाग्यौँ । अहिले पैसा आउन थाल्यो । गाँस, बास, कपासको समस्या समाधान भयो । दोस्रो फेजमा व्यावसायिकता बढेर गयो । राम्रो पैसा कमाइ हुन थाल्यो । अहिले धैर्यता राख्ने हो, मिहिनेत गर्ने भने राम्रो अवस्था छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बुधबार सार्वजनिक बिदा
-
हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग