बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राज्यमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : तपाईंको कम्पनी कालोसूचीमा परेको विषय के हो ?

शुक्रबार, ३० कात्तिक २०८१, १५ : ०२
शुक्रबार, ३० कात्तिक २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीले सरकारको राज्यमन्त्री बनाएका पूर्णबहादुर तामाङ (कान्छाराम)माथि प्रश्न उठाएका छन् ।

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री शर्माले रामेछाप कांग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयबारे प्रस्ट पार्न आग्रह गरेका हुन् ।

‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ’ शर्माले भने, ‘यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ ।’

शर्माको प्रश्नपछि राज्यमन्त्री तामाङले आफ्नो कम्पनी कालोसूचीमा परेकोबारे जवाफ दिएका थिए ।

‘टिकट पाउनुअघि साढे २ वर्ष अघिनै हात उठाएर बाहिर निस्केको छु । अहिले  कानुनले ठहरे एक मिनेट पनि पदमा बस्दिनँ’, तामाङले भने, ‘म माननीयबाट हैन राजनीतिबाट बाहिर निस्कन तयार छु ।’

कानुनले ठहरे आफू सबै छाडेर  पुरानै काममा फर्कने उनले बताए । ‘मेरो कम्पनी २०४४ सालमा दर्ता भएको हो । मैले २०७९ को चुनावमा टिकट पाउनु अघि साढे दुइ वर्ष अघि छोडेको हो । अहिले कानुनले भन्छ भने सबै छाड्न तयार छु ।’

बैठकमा एमाले सांसद रघुजी पन्तले मन्त्रीकै कम्पनीले विकास निर्माणमा असहयोग गरेको र बाटोघाटो नबनाएको भन्ने गुनासो आएको भन्दै तामाङलाई आफू अलग्गिए पनि काम छिटो गर्न भन्दिनु होला भने ।

पन्तलाई जवाफ दिँदै राज्यमन्त्री तामाङले अर्बौँको सम्पत्ति राखेर कम्पनी खोलेकाले आफू पैसा तिर्न तयार रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप