भ्यालेन्टाइन्स डेमा ‘दुखी आत्मा’ प्रदर्शन हुने
शुक्रबार, ३० कात्तिक २०८१, १४ : ५३

काठमाडौँ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुखी आत्मा’को प्रदर्शन मिति तय भएको छ । सोसल कमेडी फिल्म ‘दुखी आत्मा’ भ्यालेन्टाइन्स डेको दिन अर्थात् २ फागुनमा प्रदर्शन गर्ने निर्माण ब्यानर क्लक वर्क कृएसनलले जनाएको छ ।
दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतका कलाकारले अभिनय गरेको फिल्मका निर्माता हिमाल कडरिया हुन् । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरूको दोस्रो सहकार्य हो ।
काठमाडौँको सेरोफेरोमा खिचिएको फिल्मको कार्यकारी निर्माता सुदीप ढकाल हुन । आलोक शुक्लाले खिचेको फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण