जुनियरलाई स्वास्थ्यमन्त्रीमा नियुक्ति गर्ने ट्रम्पको निर्णयको विरोध
वासिङटन डीसी । रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने डोनाल्ड ट्रम्पको निर्णयको विरोध सुरु भएको छ ।
ट्रम्प यति बेला आफ्नो आगामी प्रशासनका लागि धमाधम मन्त्रीहरू नियुक्त गरिरहेका छन् । यसैबिच उनले केनेडी जुनियरलाई स्वास्थ्य मन्त्री बनाएका छन् । केनेडीले कोभिड–विरोधी खोप अभियानको निकै आलोचना गरेका थिए ।
क्यालिफोर्निया डेमोक्रेटिक पार्टीका प्रतिनिधि रोबर्ट गार्सियाले उनको नियुक्तिलाई अत्यन्तै नराम्रो बताएकी छन् । यो मानिसहरूको जीवनसँग खेलबाड भएको चेतावनी गार्सियाले दिएकी छन् । ‘केनेडी जुनियर एक खोप विरोधी षड्यन्त्रकारी हुन् । उसले हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली र खोप वितरण प्रणालीलाई बरबाद गरिदिनेछन्,’ उनले भनेकी छन् ।
अमेरिकन पब्लिक हेल्थ एसोसिएसनले पनि रोबर्ट एफ केनेडी जुनियरको नियुक्तिको विरोध गरेको छ । ट्रम्पको उक्त निर्णयको कडा विरोध गरेको संघले बताएको छ । ‘उनी प्रशिक्षण, व्यवस्थापन र स्वभावको मापदण्डका आधारमा यो पदका लागि योग्य छैनन् । उनी यस पदका लागि पूर्णतः गलत व्यक्ति हुन् । उनी यस्तो व्यक्ति हुन्, जोसँग यस क्षेत्रमा काम गरेको कुनै अनुभव छैन र पहिले नै देशको स्वास्थ्यमा ठुलो नोक्सान पुर्याइसकेका छन्,’ संघले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिट फिल्म ‘परदेशी २’ अब ओटीटीमा
-
बंगलादेशलाई हराउँदै भारतले उपाधि कुम्ल्यायो
-
रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइयो
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
-
दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ
-
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख