वर्ल्ड लिङ्कको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढ्यो, प्राधिकरणलाई बुझायो २ अर्ब १५ करोड
![वर्ल्ड लिङ्कको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढ्यो, प्राधिकरणलाई बुझायो २ अर्ब १५ करोड](https://npcdn.ratopati.com/media/news/dursanchar-pradhikarn-doorsanchar_wWXx764AQn.jpg)
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसनको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढेको छ । सो कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत बुझाउनुपर्ने रकम बुझाएपछि नवीकरण प्रक्रिया अघि बढेको हो ।
आज सो वर्ल्ड लिङ्कले २ अर्ब १५ करोड रुपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणमा दाखिला गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । योसँगै प्राधिकणबाट हुनुपर्ने नियमानुसाको काम आजैदेखि अघि बढ्ने उनले बताए ।
वर्ल्ड लिङ्कले बुझाएको रकममध्ये रोयल्टीबापत १ अर्ब ३८ करोड ९० लाख र ग्रामीण दूरसञ्चार विकास शुल्कबापत ७६ करोड २३ लाख रहेको छ । २०५५ सालमा लाइसेन्स पाएको वर्ल्ड लिङ्कको लाइसेन्स अवधि गत चैतमा सकिएको थियो । तर, विभिन्न कारणले ९ महिनादेखि लाइसेन्स नवीकरण हुन सकेको थिएन ।
दूरसञ्चार ऐनले पहिलोपटक लाइसेन्स अवधि २५ वर्ष हुने, त्यसपछि पहिलोपटक १० वर्ष र त्यसपछि ५–५ वर्ष नबढाइए लाइसेन्स नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्टिङ स्टार'काे प्रि-जजमा २२२ जनाले देखाए अभिनय कला
-
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
-
आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘साइबर अपराध नियन्त्रणमा मेटा र टिकटक सहयोगी, अरूको बेवास्ता’
-
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : केसी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)