रास्वपाले उपनिर्वाचनका लागि बाँकी स्थानीय तहमा कहिले टुङ्ग्याउँछ उम्मेदवार ?
काठमाडौँ । मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेका कीर्तिपुर नगरपालिकासहित रिक्त रहेका स्थानका लागि उम्मेदवारको टुङ्गो लगाउन समय लगाएको छ ।
कार्तिक २८ गते उपनिर्वाचन हुने केहि स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक गरेको रास्वपाले बाँकी रहेका स्थानीय तहमा भने उम्मेदवारको टुङ्गो लगाउने काम जारी रहेको जानकारी दिएको छ ।
पार्टीले कार्तिक ३० भित्र जिल्ला समन्वय समिति बाहेक उपनिर्वाचन हुने सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाउने बताएको थियो । तर‚ हालसम्म सबै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
स्थानीय तह उपनिर्वाचनको जिम्मेवारी पाएका पार्टी सांसद तथा केन्द्रीय नेता गणेश पराजुलीका अनुसार बाँकी रहेका स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाउने प्रयास जारी रहेको बताए । तर‚ आजै भने त्यो सम्भव नभएको उनको भनाई छ ।
‘बाँकी रहेको स्थानीय तहमा आजै उम्मेदवार टुङ्गो लगाउन सम्भव छैन । हामी समन्वय गरेर उम्मेदवार फाइनल गर्न लागि परेका छौँ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री