बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कमला नदीमा अनौठो भूतमेला (फोटो फिचर)

शुक्रबार, ३० कात्तिक २०८१, १२ : ४८
शुक्रबार, ३० कात्तिक २०८१

सिराहा ।  सिराहा प्रत्येक वर्षजस्तै यस वर्षको कात्तिके पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरू हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी यस्तै यस्तै आ आफ्नो इष्ट देवताहरूको नाम फालाक्दै धामी झाँक्री मिर्दङ (मादल),  झ्याली, ढोलपिपही जस्ता बाजाको तादमा भक्तहरू  कर्कश स्वर उत्पन्न गर्दै कमला नदीमा शपथ ग्रहण गर्न पुगेका हुन् ।

सिराहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामी झाँक्री, बोक्सा बोक्सी र भूतप्रेतबाट पीडितहरूको आज बिहानदेखि घुइँचो लागेको हो ।

सूर्योदयसँगै बिहानै देखि हजारौँ नव धामी झाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरूद्वारा शपथ लिने काम सम्पन्न भएको छ । बिहीबार रातीबाटै  कमलानदी कनारमा भगत (देउता) खेल्नेहरुको घुइँचाे लागेको थियो । भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।

आफ्नो शरीरमा वास बस्न आएका देवतालाई वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायी वासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामी झाँक्री कमला नदीको पवित्र जलमा स्नानगरी शपथका लागि आएका हुन् । कमला नदीमा आएर शपथ लिए पश्चात् नव धामीझाँर्कीहरु पाको हुने विश्वास गरिन्छ । 

कात्तिक पूर्णिमाका दिन कमला गङ्गालगायतका पवित्र नदीमा नयाँ भगता (जसको जीउमाथि प्रथम पटक देवताको गात) स्थायी हुने र भगताको गुण (तन्त्र शक्ति चल्ने विश्वास धामी झाँक्रीको छ ।

तन्त्र शास्त्रअनुसार तन्त्र सिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णाहुति दिँदा तन्त्र विधा सिद्ध हुने मान्यता छ ।  विजया दशमीको आगमनसँगै धामी झाँक्री सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ। यस अवधिमा सिकारु धामीहरू राति रातिमा आ आफ्ना गुरुसँग मन्त्र सिक्छन्, काली पूजा अर्थात अमावस्याको राति सिद्धि गर्छन् ।

vutmela (1)

देवीदेवताको गान स्थायी होस् भनेर आआफ्नो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको बिहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन् ।

पवित्र नदीमा प्रथम स्नान धामी झाँक्रीसँग आशिष लिने श्रद्धालुहरूको सङ्ख्या पनि उल्लेख्य थिए । प्रसादहरू रूपमा कमला नदीको बालुवा, ढुङ्गा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरू प्रसन्न हुँदै फर्किन्छन् । यस कार्यमा अशिक्षित परम्परावादी मात्र होइन कि विद्यालयका शिक्षकसमेत सक्रियरुपले सहमति भएको देखिएको राम उच्च मावि मटिहानीका प्रधानाध्यापक  गणेश प्रसाद साहले बताए ।

vutmela (2)

केही अध्यात्मवादी भूत मेलालाई तन्त्र विद्यालयमाथि आधारित आध्यात्मिक मेलाको संज्ञा दिन्छन् भने भौतिकवादी भने भूतमेलालाई पाखण्डको संज्ञा दिन्छन् ।

उनीहरूका अनुसार भूतप्रेत धामी झाँक्री भनेको रुढीवादीको नमुना हो चलाख धूर्त व्यक्ति (धामी झाँक्री) द्वारा सामाजिक प्रतिष्ठा र धन कमाउन सुरु गरिएको आयोजना हो भन्छन् ।

vutmela (3)

तर, कमला नदीमा देखिने यस्ता सामूहिक क्रियाकलापलाई टेलिप्याथी उपचार पद्धति भएको डा जयनारायण यादव भनाइ छ ।  यो पद्धतिको मनोविज्ञानसँग गहिरो सम्बन्ध रहेको छ ।

अन्धविश्वासका कारण बारम्बार बोक्सा बोक्सीको नाममा महिलामाथि हुने हिंसा दोहरिइरहने सिराहा र  धनुषामा रहेका छलफल गोष्ठी सेमिनारमा कमला नदीमा लाग्ने भूत मेलाको दृष्टान्त उठ्ने गरे पनि आधुनिक विज्ञानलाई समेत चुनौती दिने यस्ता घटनाको हालसम्म अनुसन्धान हुन नसकेकोमा उनी चिन्ता व्यक्त गरेका छन् ।

vutmela (6)

सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत भारतका दर्जनौँ गाउँबाट लावालस्करका साथ काम्दै उफ्रँदै घण्ट घण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भन्ने साह्रै रमाएका थिए ।

हजारौँ धामी झाँक्री  र भूतप्रेतबाट पीडितहरू एकै थलोमा भेला भएको कमला नदीको घाटमा जनजागरण कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क यस क्षेत्रका बासिन्दाको रहेको छ ।

vutmela (8)vutmela (9)vutmela (10)vutmela (11)vutmela (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप