शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायती संग्राहलयले दानमा पायो १ अर्ब पाउन्डको चिनियाँ सेरामिक

शुक्रबार, ३० कात्तिक २०८१, १२ : ४८
शुक्रबार, ३० कात्तिक २०८१

लन्डन । ब्रिटिश म्युजियमले १ अर्ब पाउन्ड (१ अर्ब २७ करोड डलर) बराबरको दान पाएको छ । संग्राहलयको ३०० वर्षका इतिहासमा यति ठुलो दान पाएको यो पहिलो पटक हो । 

संग्राहलयले सो मूल्य बराबरका विश्व प्रसिद्ध चिनियाँ सेरामिक दानमा पाएको छ । यी सेरामिक सापटी मागेर सन् २००९ देखि संग्राहलयमा राखिएको थियो । तर पर्सिभल डेभिड फाउन्डेशनले सेरामिकको कलेक्सन संग्राहलयलाई दानमा दिएको छ ।

दानमा पाएको सेरामिकमा सन् १३५१ को डेभिड भास, १५ औँ शताब्दीको अन्त्यतिरको सानो वाइन कप र ११ औँ शताब्दीको केही सेरामिक छन् । संग्राहलयको इतिहासको यो अहिलेसम्मकै ठुलो दान भएको ब्रिटिश म्युजियमका अध्यक्ष जर्ज ओस्बर्नले भनेका छन् । 

दानका लागि संग्राहलयले धन्यवाद भनेको छ । सन् १८९२ मा जन्मिएका डेभिड बेलायती व्यवसायी थिए । चिनियाँ सेरामिकप्रति यिनकै निकै लगाव थियो । यसैका लागि उनले चिनियाँ भाषा सिकेका थिए भने उच्च कोटीका चिनियाँ सेरामिकहरू निजी रूपमा संग्रहित गरेर राखेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप