प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण ‘चाइना कार्ड’ का रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकारले नेपालका दुवै छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्न परिपक्वता देखाउन नसकेको आरोप लगाएका हुन् ।
द हिन्दुसँगको अन्तरवार्तामा प्रचण्डले भने, ‘पहिले चीन जानु भनेको प्रधानमन्त्री ओलीले देखाएको अपरिपक्वताको प्रमाण हो । सरकारले दुवै देशसँगको सम्बन्धमा परिपक्वता देखाउन सक्नुपर्थ्यो । केपीजी द्विपक्षीय भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा देखिन्छ । यो गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले दुई छिमेकीसँगको सम्बन्धलाई मिलाएर जानुपर्छ भनेर निर्देशित गर्छ । उहाँले चीन जानुभन्दा अघि भारतसँगको विशिष्ट सम्बन्ध स्वीकार गर्नुपर्छ । यो हुनु हुँदैन थियो ।’
उनले आफ्नो प्रधानमन्त्रीकालमा भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि दाबी गरे । आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको र विभिन्न महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षरसमेत भएको स्मरण गराए ।
प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा जाँदा पनि प्रधानमन्त्री मोदी र विदेश मन्त्री एस जयशंकरसँग छलफल भएको जानकारी दिए । यसले दुई देशको राष्ट्रिय चासोका आधारमा बलियो सम्बन्ध स्थापना भएको प्रचण्डको जिकिर थियो । ‘मेरो सरकार ढलेपछि नेपालमा जे भइरहेको छ, त्यो गलत भइरहेको छ,’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची