फेरि चर्चामा पाकिस्तानी ‘चायवाला’, शार्क ट्याङ्कमा पाए एक करोड
इस्लामाबाद । निलो आँखा र सरल शैली भएका पाकिस्तानका अरशद खानलाई सम्झनुहुन्छ ? ‘चायवाला’ को एउटा तस्बिरले उनलाई रातारात सामाजिक सञ्जालमा सनसनी बनाएको थियो ।
अहिले त्यही अरशद खान नयाँ खबर लिएर चर्चामा छन् । अरशदले पाकिस्तानको शार्क ट्याङ्क शोमा आफ्नो चिया ब्रान्डको अफर प्रस्तुत गरेका थिए। शार्क ट्याङ्कमा पाकिस्तानी व्यापारीहरूले नयाँ स्टार्टअप र उद्यमीहरूको व्यापारका अफरहरू सुन्छन् र तिनीहरूमा पैसा लगानी गर्छन्।
यस शोमा अरशदले आफ्नो योजना प्रस्तुत गरेर शार्कहरूलाई प्रभावित पारेका थिए। एक्सप्रेस न्युजका अनुसार उनले यस शोमा १ करोड पाकिस्तानी रुपैयाँमा सम्झौता गरेका छन् ।
- एउटा तस्बिरले भाग्य बदलिदियो
सन् २०१६ मा एक स्थानीय पाकिस्तानी फोटोग्राफरले अरशदले चिया बनाउँदै गरेको तस्बिर सोशल मिडियामा सेयर गरेका थिए। निलो आँखा र सिम्पल स्टाइलका अरशदको यो तस्बिर यति भाइरल भयो कि उनलाई मोडलिङ र अभिनयका लागि अफर आउन थाले । केही समयमै उनी पाकिस्तानमा मात्र नभई विश्वभर चर्चित भए ।
अरशदले इस्लामाबादमा ‘क्याफे चायवाला रुफटप’ नामको आफ्नै क्याफे पनि खोलेका छन्, जहाँ उनले अन्य खाद्य पदार्थका साथमा चिया पनि बेच्छन्। यसपटक उनी आफ्नो लुक्सका कारण नभएर आफ्नो बिजनेस आइडियाका कारण चर्चामा छन् ।
अरशदले एक अन्तर्वार्तामा भनेका थिए कि उनी २५ वर्षदेखि इस्लामाबादमा बस्दै आएका थिए र त्यहाँको चिया पसलबाट करियर सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिका राष्ट्र निर्माणका पुँजी हुन् : प्रदेश प्रमुख भट्ट
-
नेपाल बैंकको ८८ औँ वार्षिकोत्सव समारोह सम्पन्न
-
‘गुरु गन्थ साहेव’ पाठ गरी मनाइयो गुरुनानक जयन्ती
-
स्वास्थ्य प्रवर्द्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
-
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यासको स्थिर
-
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकता : वनमन्त्री शाही