बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

जीवनको आगामी १० वर्षमा खुबै काम गर्ने योजनामा छन् आमिर खान

शुक्रबार, ३० कात्तिक २०८१, १२ : ०८
शुक्रबार, ३० कात्तिक २०८१

नयाँ दिल्ली । आमिर खान बलिउडका ठुला सुपरस्टार हुन् । उनले आफ्नो करियरमा कयौं शानदार र उत्कृष्ट फिल्म दिएका छन् । सन् १९८८ मा ‘कयामत से कयामत तक’बाट आफ्नो करियर सुरु गरेका आमिर खानले तीन दशकभन्दा बढी समयदेखि हिन्दी सिनेमामा काम गरिरहेका छन् । 

आमिरले कोभिडको महामारीपछि नै उद्योग छोड्ने निर्णय गरेका थिए । तर पछि परिवारले उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न सुझाव दिए । केही अघि आमिरले अब १० वर्ष बलिउडमा फिल्म खेल्ने भनेका थिए । भर्खरै उनले आफ्नो आगामी १० वर्षको योजना सार्वजनिक गरेका छन् ।

के हो धेरै फिल्म साइन गर्नुको कारण ?
आमिर आफ्नो ब्रेकबाट फर्के पछि उनले तुरुन्तै छवटा प्रोजेक्ट हातमा लिए । उनले यस्तो गरेको करियरमै पहिलो पटक थियो । हालैको एक अन्तरवार्तामा अभिनेताले यसो गर्नुको पछाडि रहेका कारण खुलासा गरेका छन् । ‘मैले जीवनमा एकैपटक ६ वटा फिल्म गरेको छैन । यसपटक यस्तो गर्नुको पछाडि मेरो आफ्नै कारण थियो’ उनले भनेका छन् ।

आगामी दश वर्षको योजना गरे शेयर
अहिले नै फिल्म छोड्ने छैन भन्ने निर्णय गरिसकेपछि उनको दिमागमा कामकाजी जीवनको सायद आफूसँग अन्तिम १० वर्ष छ भन्ने आएको पनि आमिरले बताए । ‘जीवनमाथि तपाई भरोसा गर्न सक्नु हुन्न, हामी भोलि नै मर्न पनि सक्छौँ । त्यसैले म भनिरहेको छु कि मेरो जीवनको करिब १० वर्ष बाँकी छ’ अझ अगाडि उनले भनेका छन् ।

‘म ५९ वर्षको भएँ, ७० वर्ष पुग्दासम्म म आफ्नो कामबाट मानिसहरूलाई केही न केही दिइरहनेछु भन्ने आशा राख्छु । त्यसैले फेरि मैले सोचे कि मैले आफ्नो अन्तिम १० वर्ष सबैभन्दा धेरै काम गरेर धेरै भन्दा धेरै मानिसलाई मनोरञ्जन दिनु पर्छ । यसैले मैले धेरै फिल्महरू गर्ने निर्णय गरेँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप