एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षसहित ३ पदाधिकारी निर्विरोध
काठमाडौँ । नेकपा (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीमध्ये ३ जना निर्विरोध निर्वाचित गरेको छ । एक उपाध्यक्ष एक उपसचिवका लागि सहमतिको प्रयास भइरहेको छ ।
बुधवार सुरु भएको पाँचौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बिहीबार बेलुका ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा सुदर्शन शिवाकोटी र सचिवमा नरेन्द्र न्यौपानेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।
त्यस्तै महिला उपसचिवमा बिनिता काफ्लेका नाममा पनि सहमति जुटेको एमाले नेता माधव ढुङ्गेलले जानकारी दिए । बाँकी पदाधिकारीमा पनि सहमतिको प्रयास भइरहेको एमालेले जनाएको छ ।
अधिवेशनले ७५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । एमालेमा भूगोल र गैरभूगोल गरी ८१ वटा जिल्ला कमिटी छन् ।
युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भई सदस्य लिएकाहरू यो कमिटीमा रहन सक्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले उपनिर्वाचनका लागि बाँकी स्थानीय तहमा कहिले टुङ्ग्याउँछ उम्मेदवार ?
-
कमला नदीमा अनौठो भूतमेला (फोटो फिचर)
-
बेलायती संग्राहलयले दानमा पायो १ अर्ब पाउन्डको चिनियाँ सेरामिक
-
बंगलादेशमा विद्युत् निर्यात सुरु
-
भक्तपुरमा महिलाको हत्या, कारण लुटपाट
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड