भिनिसियस पेनाल्टीमा चुक्दा रोकियो ब्राजिल
शुक्रबार, ३० कात्तिक २०८१, ०८ : ४९

काराकास । बालोन डी’ओर उपविजेता भिनिसियस जुनियरको ब्राजिलका लागि खराब फर्म जारी रहेको छ । बिहीबार राति रियल मड्रिडका विंगरले पेनाल्टीबाट गोल गर्न चुक्दा टोली दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा भेनेजुएलासँग १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।
खेलको ४३ औँ मिनेटमा राफिन्हाले ब्राजिललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै टेलास्को सेगोभियाले भेनेजुएलाका लागि बराबरी गोल फर्काए ।
६२ औँ मिनेटमा ब्राजिलले पेनाल्टीबाट अग्रता लिने अवसर पायो । तर, भिनिसियस पेनाल्टीबाट गोल गर्न चुके । खेलको अन्त्यतिर अजेक्जान्डर गोन्जालेजले रातो कार्ड पाएपछि भेनेजुएला १० खेलाडीमा सीमित बनेको थियो ।
बराबरीपछि ब्राजिल १७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । १२ अङ्क बटुलेको भेनेजुएला सातौँ स्थानमा छ ।
अन्य खेलमा इक्वेडरले बोलिभियालाई ४–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता