पाराग्वेसँग स्तब्ध बन्यो अर्जेन्टिना

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेले विश्व विजेता अर्जेन्टिनालाई स्तब्ध बनाएको छ । स्थानीय समयअनुसार बिहीबार राति भएको खेलमा पाराग्वे २–१ गोलले विजयी बनेको हो ।
अर्जेन्टिना विश्वकप छनोटका पछिल्ला चार खेलमध्ये एक मात्र विजयी बनेको छ । यद्यपि, खेलमा अग्रता भने अर्जेन्टिनाले नै लिएको थियो । खेलको ११ औँ मिनेटमा इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेजले टोलीलाई अग्रता दिलाए ।
लगत्तै पाराग्वेले १९ औँ मिनेटमा बराबरी गोल फर्कायो । एन्टोनियो सानाब्रियाले ओभरहेड किकमार्फत गोल गरे । पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफको सुरुवातमा नै पराग्वेले अग्रता लियो । मार्सेका लियोनार्डो बालेर्डीले गरेको उक्त गोल नै अन्ततः खेलमा निर्णायक बन्यो ।
हारका बाबजुद अर्जेन्टिना ११ खेलबाट २२ अङ्क बटुल्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । पराग्वे १६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरामाथि छलफल