कात्तिक नाच : रातभर 'नृसिंह अवतार–हिरण्यकश्यपु वध' मञ्चन (तस्बिरहरू)
![कात्तिक नाच : रातभर 'नृसिंह अवतार–हिरण्यकश्यपु वध' मञ्चन (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/kartik-nach-(1)_bda6pGoXkb.jpg)
ललितपुर । पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गत बिहीबार रातिदेखि शुक्रवार बिहानसम्म नृसिंह अवतार–हिरण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गरिएको हो ।
भगवान् विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रह्लादको कथामा आधारित नृत्य प्रदर्शन गरिएको थियो । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्ति र सुव्यवस्था कायम रहने विश्वास छ ।
कात्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म सो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारंगी’ले १० हलमा मनायो १०० दिन, अहिलेसम्मको व्यवसाय कति ?
-
भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन