आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?

शुक्रबार, ३० कात्तिक २०८१, ०० : २४
शुक्रबार, ३० कात्तिक २०८१

 वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी तथा टेस्ला, स्पेशएक्स, एक्सका मालिक एलन मस्कले अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका थिए । 

चुनावमा मस्कले आफूलाई गरेको समर्थनका ट्रम्पले आफ्नो प्रशासनलाई मस्कलाई महत्वपूर्ण पद पनि दिएका छन् । यसैबीच मस्कको माइक्रो  ब्लगिङ वेबसाइट एक्सलाई त्याग्ने क्रम बढेको छ । 

एक रिपोर्ट अनुसार ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि १ लाख १५ हजार प्रयोगकर्ताहरूले एक्सलाई छाडेका छन् । मस्कले २०२२ मा ट्विटर किनेर नाम परिवर्तन गरेर यसको नाम एक्स राखेका थिए ।
 
अन्य प्लेटफर्ममा गइरहेका छन् प्रयोगकर्ता
 
सीएनएनमा छापिएको रिपोर्टका अनुसार ठूलो संख्यामा एक्सका प्रयोगकर्ताहरू ब्लूस्काई जस्ता विकल्पमा गइरहेका छन् । 

चुनावको भोलिपल्ट १ लाख १५ हजार भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरूले आफ्नो एक्स खाता निष्क्रिय पारेका थिए । यो वेबसाइट मार्फत खाता निष्क्रिय गर्ने प्रयोगकर्ताको मात्रै संख्या हो । 

यसमा मोबाइल एप प्रयोगकर्ताहरूको डेटा समावेश गरिएको छैन । सीएनएनले यो जानकारीको लागि डिजिटल इन्टेलिजेन्स प्लेटफर्म सिमिलरवेबको रिपोर्टलाई उद्धृत गरेको थियो ।
 
चुनावमा मस्कको संलग्नताको असर
 
अमेरिकी राष्ट्रपति चुनावमा मस्कले प्रभावशाली भूमिका खेलेपछि यो परिवर्तन आएको हो । रिपोर्टका अनुसार नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई समर्थन गर्न मस्कले महिनौंदेखि एक्सको प्रयोग गर्दै आएका थिए । यसैबीच ब्लुस्काईका प्रयोगकर्ता संख्या ९० दिनमा दोब्बर भएको छ । 

एक हप्तामा १० लाख नयाँ साइन–अप सहित यसको प्रयोगकर्ता संख्या १ करोड ५० लाख पुगेको छ । सीएनएनका अनुसार, अन्वेषकहरूले ट्रमप राष्ट्रपति निर्वाचित भएपछि एक्समा महिलाहरूप्रति अपमानजनक भाषाको प्रयोगमा वृद्धि भएको देखेको भनेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप