ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिँडडुल गर्नै हुन्छ अप्ठ्यारो
काठमाडौं । युरिक एसिड एक प्रकारको टक्सिन हो, जुन शरीरमा प्युरिन टुक्रिएर बन्छ । यो रातो मासु, माछा, मदिरा र प्रशोधित खाना जस्ता प्यूरिन युक्त खानेकुरामा पाइन्छ ।
युरिक एसिड रगतमा घुल्छ र मृगौलाको माध्यमबाट पिसाबमा निस्कन्छ, तर शरीरमा जब युरिक एसिडको स्तर बढ्छ, त्यो क्रिस्टलको रूपमा शरीरमा जम्मा हुन थाल्छ, जसले जोर्नीहरूमा दुखाइ र सुन्निने जस्ता समस्याहरू हुन सक्छ ।
शरीरमा युरिक एसिडको सन्तुलन कायम राख्नु धेरै जरुरी छ । होइन भने यसले हिँडडुलमा समस्या गराउनुका साथै गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । आजको यस लेखमा हामी तपाईंहरूलाई ती चिजका बारेमा बताइरहेका छौँ जसको सेवनले शरीरमा युरिक एसिड ह्वात्तै बढ्छ ।
युरिक एसिड बढाउने खानेकुराहरू
रातो मासु र प्रशोधित मासु
खसीको मासु र गाईको मासु जस्ता रातो मासुमा उच्च मात्रामा प्यूरिन हुन्छ, जसले शरीरमा युरिक एसिड बढाउनमा ठूलो भूमिका खेल्छ । यस बाहेक ससेज र सलामी जस्ता प्रशोधित मासुले पनि यसको स्तर बढाउन सक्छ ।
समुद्री खाना
झिँगा, ओइस्टर र सार्डिन जस्ता केही समुद्री खानेकुरामा पनि प्युरिनको मात्रा बढी हुन्छ । यिनको सेवनले शरीरमा युरिक एसिडको मात्रा द्रुत रूपमा बढ्न सक्छ ।
रक्सी
विशेषगरी बियर र हार्ड ड्रिंक्सको सेवनले युरिक एसिड बढाउँछ । रक्सीले कलेजोमा यसको मेटाबोलिज्मलाई असर गर्छ, जसले गर्दा यूरिक एसिडलाई शरीरबाट बाहिर निकाल्ने प्रक्रिया सुस्त हुन्छ ।
गुलिया पेय र फ्रक्टोजयुक्त खानाहरू
कोक, फ्यान्टा जस्ता हलुका पेय पदार्थ र अत्याधिक मीठा खानेकुराले शरीरमा फ्रक्टोज बढाएर युरिक एसिडलाई प्रभावित गर्न सक्छ । फ्रक्टोजयुक्त खानेकुराको पाचनले युरिक एसिड बढाउँछ ।
संतृप्त फ्याट
धेरै मात्रामा स्याचुरेटेड फ्याटको सेवन गर्नाले युरिक एसिड बढ्न सक्छ । यसका कारण जोर्नी सुन्निने र दुख्ने जस्ता समस्या निम्तिन सक्छ ।
युरिक एसिड बढ्दा हुन्छ यस्ता समस्या
जोर्नी सुन्निने र दुख्नेः
युरिक एसिड बढ्दा जोर्नीहरूमा क्रिस्टल जम्मा हुन थाल्छ जसले गर्दा हिँड्न गाह्रो हँुदै जान्छ । युरिक एसिड भएको व्यक्तिमा विशेष गरी औंला, खुट्टा र घुँडाहरू दुःख्ने समस्या हुन्छ ।
मृगौलाको पत्थरीः
उच्च युरिक एसिडले मृगौलामा पत्थरी निम्त्याउन सक्छ । यसले मृगौला दुख्ने र पिसाबको समस्या निम्त्याउन सक्छ ।
यस्ता छन् युरिक एसिडलाई नियन्त्रण गर्ने उपायहरूः
स्वस्थ आहारः
आफ्नो आहारमा फलफूल, तरकारी र बोक्रा नफ्याकिएको अन्न समावेश गर्नुहोस् । प्युरिनको मात्रा कम राख्न रातो मासु, माछा र प्रशोधित खानेकुरा खानबाट बच्नुहोस् ।
पानीको मात्रा बढाउनुहोस्ः
पर्याप्त मात्रामा पानी पिउनाले पिसाबको माध्यमबाट यूरिक एसिडको क्रिस्टल शरीर बाहिर निकाल्न मद्दत मिल्छ ।
व्यायाम र तौलको ख्याल गर्नुहोस्ः
तौल सन्तुलित राख्न नियमित व्यायाम गर्नुहोस् । मोटोपनले युरिक एसिडको स्तर बढाउन सक्छ, त्यसैले यसलाई नियन्त्रणमा राख्नु आवश्यक छ ।
मदिरा र चिनीयुक्त पेयपदार्थः
मदिरा र चिनीयुक्त पेय पदार्थ त्यागेर युरिक एसिड नियन्त्रण गर्न सकिन्छ ।
(अस्वीकरणः यो सामग्री सामान्य जानकारीको लागि मात्रै दिइएको हो । यो चिकित्सा रायको विकल्प होइन । यसलाई प्रयोगमा ल्याउनु अघि आफ्नो चिकित्सकसँग परामर्श लिनुहोला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फा यू–१६ युथ लिग फुटबल : उद्घाटन खेलमा चर्च ब्वाइजको रोमाञ्चक जित
-
तस्बिरमा हेर्नुहोस् मध्यपुर महोत्सव
-
माउन्ट एभरेष्ट मोटर स्पोटर्स फेस्टिभल जनवरीको पहिलो साता
-
किन निलो रङको पगरी लगाउँथे मनमोहन सिंह ?
-
तिब्बतमा विश्वको सबैभन्दा ठुलो बाँध बनाउँदै चीन
-
दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन, सबै प्रदेश र जिल्लामा मतदान अधिकृत तोकियो