शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग

बिहीबार, २९ कात्तिक २०८१, २२ : ४५
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार सुरेश भुलको हत्यासम्बन्धी घटनाको थयाशीघ्र छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनअनुसार कारबाही गरी पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने माग गरेको हो ।

सङ्घले कुटपीट गरी हत्यामा संलग्न स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेपनि पीडित परिवारले कुटपीटमा संलग्न १० जनाको नाममा किटानी जाहेरी दिइसकेको अवस्थामा प्रहरी प्रशासनले ढिदासुस्ती नगरी घटनाको यथाशीघ्र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

“राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल कैलाली जिल्ला शाखाका सहसचिव एवं गौरीगङ्गा नगरपालिका–११ कैलालीका पत्रकार भुलको स्थानीयको कुटपिटबाट भएको निधनप्रति हामी स्तब्ध छौँ, यस दुःखद् घडीमा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ”, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

छिमेकीको बाख्रा हराएको निहुँमा आफ्नै पसलमा बसेका पत्रकार भुललाई यही कात्तिक २४ गते बेलुका स्थानीयले कुटपिट गर्दा निजको निधन भएको सङ्घले जनाएको छ । उपचारका क्रममा निधन भएका भुलको शव परीक्षण रिपोर्टले टाउको र कलेजोमा गहिरो चोट देखाएको छ । 

सङ्घले भनेको छ, “उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील निडर युवा पत्रकार गुमाएको छ भने सङ्घले सक्रिय सदस्य गुमाएको छ ।” साथै सङ्घले भविष्यमा यस्ता घटना समाजमा नदोहोरिने गरी रोकथामका लागि स्थानीय तह, प्रहरी प्रशासन, सरकार र सरोकार भएकाको ध्यानाकर्षणसमेत गराएको छ । 

त्यसैगरी नेपाल पत्रकार महासङ्घले पनि बुधबार विज्ञप्ति जारी गरी पत्रकार भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप