सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत
![सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत](https://rpcdn.ratopati.com/media/albums/gunastar-tatha-naptaul-bibhag-final-1_y0fyR7C4Bx.jpg)
काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वटा वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा आज बसेको परिषद्को ११३ औँ बैठकले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामग्रीको बजार मागका आधारमा हाल कायम रहेका गुणस्तरलाई परिमार्जन गरी पारित गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए । उनका अनुसार बैठकले गरगहना, पानी, माटो परीक्षणसँग सम्बन्धित आइएसओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तरअनुरुप परिक्षण विधिका गुणस्तर स्वीकृत गरेको छ ।
विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्य सचिव विभागका महानिर्देशक हुने प्रावधान छ ।
विभागका महानिर्देशक ज्योति जोशी भट्टले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरी पारित गर्ने प्रावधान रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै