१० बजे, १० समाचार
आज मिति २०८१ कात्तिक महिनाको २९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. लामिछानेलाई ७४ प्रश्न
सहकारीको रकम हिनामिनाबारे अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले तीन दिनसम्म बयान लिएको छ । मंगलबार बयानकै लागि पोखराबाट भैरहवा ल्याइएका लामिछानेले रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा ७४ वटा प्रश्न सामना गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउपछि हुँदै आएको आन्दोलनको समीक्षा गरिरहेको जनाएको छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आन्दोलनका बारेमा समीक्षा भइरहेको बताएका हुन् ।
२. नेपाली फिल्ममा फड्को
यस वर्षको असोज अघिसम्म हिन्दी फिल्म लाग्दा हलमा दर्शक खचाखच हुन्थे । नेपाली फिल्मका दर्शक औँलामा गन्न सकिन्थ्यो । हिन्दी फिल्मले दुई–तीन सातासम्म दर्शक पाउँथे । नेपाली फिल्म दुई दिन टिक्न मुस्किल पथ्र्यो । कतिपय फिल्म त लागेको भोलिपल्टै उत्रिन्थेँ । निर्माता र निर्देशकहरू निराश भेटिन्थेँ । कलाकारमा पनि उस्तो उत्साह थिएन ।
अहिले परिस्थिति बदलिएको हेर्न एउटै उदाहरण काफी छ— फिल्म ‘पूर्णबहादुरको सारंगी’ । यो फिल्मले अहिले दिनमै करिब तीन करोड रुपैयाँ बराबर आम्दानी गरिरहेको छ । यो समाचार तयार गर्दासम्म यस फिल्मले करिब २५ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको वितरक मनोज राठी बताउँछन् ।
गुरुङलाई ‘घटना विवरण कागज’ (बयान कागज) गराएको ब्यूरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । गुरुङसँग अनुसन्धान अधिकृतहरूले करिब ५ घण्टा सोधपुछ गरे । उनी जस्तै केही भीआईपीलाई चोख्याउन बयान कागज सहारा लिइएको छ ।
४. एमालेको तयारी
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने भएको छ ।
जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै उपत्यकास्तरीय प्रदर्शन गर्ने तयारी गरेको हो ।
५. सर्वोच्च अदालत
बिहीबार सर्वोच्च अदालतको इजलास नम्बर ४ मा न्यायाधीश मनोज शर्माको एकल इजलास बस्यो । अधिवक्ता रविन्द्र तामाङ बहसका लागि उभिए । अनि आफ्ना कुरा सुरु गरे– श्रीमान्, यो रोम विधान भनेको अमेरिकाले बनाएको हो । उसले पारित गरेको छैन तर, हामीले पारित गर्नुपर्छ ।
अधिवक्ता तामाङले अमेरिकासँगै युरोपियन युनियन का बारेमा पनि बहस सुरु गरे । उनले बहसकै क्रममा भने, ‘अमेरिकाले हतियार र प्रोजेक्ट दिन्छ तर ईयूले मानवीय सहायतका काम पनि गर्छ । अब अमेरिकातिर ढल्कने कि ईयूतिर ?’
आफैँले उठाएको प्रश्नमा अधिवक्ता तामाङले जवाफ पनि दिन थाले । उनले भने, ‘नेपालका लागि अमेरिका विकास साझेदार हो र विश्वभर उसले हतियारको व्यापार गर्छ । नेपालको हकमा ईयूले धेरै मानवीय सहयोग गरेको छ तर, हामी कुनै पनि देशको पक्षमा नलागी तटस्थ बस्नुपर्छ । तटस्थ बस्नुको अर्थ अपराधमा सजाय नगर्ने भन्नेचाहिँ हैन ।’
६. एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्य विभाजन शुक्रवार बस्ने कार्यदलको बैठकमार्फत टुङ्गो लगाउने भएको छ । असार तेस्रो साता पार्टीको दशौँ महाधिवेशन गरेको सो पार्टीले झन्डै ५ महिनापछि नेताहरूको कार्य विभाजन गर्न लागेको हो ।
७. हिरासतमा भुजेल
झाँक्री भनेर चिनिएका प्रकाश भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले सवारी ज्यान सम्बन्धी कसुरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
८. प्रदेशसभा सदस्यको निधन
नेपाली कांग्रेसले पार्टीकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य ६३ वर्षीया विमला गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
९. विद्युत बंगलादेश निर्यात हुँदै
शुक्रबार नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रुपमा भोलि संयुक्त रुपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् ।
१०. सेयर बजार
साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ । बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
-
ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
-
ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिँडडुल गर्नै हुन्छ अप्ठ्यारो
-
हिमाल हेर्न कोखेडाँडा
-
१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल