राष्ट्रपति पौडेल दोहामा
कतार । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर आज स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुगेका छन् ।
राष्ट्रपति पौडेललाई कतारस्थित नेपाली राजदूतावासका कर्मचारीहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उनी कोप–२९ मा सहभागी हुन बाकु पुगेका थिए ।
राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरे ।
भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ ।
यस सम्मेलनको नारा ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल यही कात्तिक २५ गते काठमाडौँबाट दोहाका लागि प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
-
ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
-
ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिँडडुल गर्नै हुन्छ अप्ठ्यारो
-
हिमाल हेर्न कोखेडाँडा
-
१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल