गुणस्तर परिषद्को बैठकबाट नयाँ परीक्षण विधि स्वीकृत
![गुणस्तर परिषद्को बैठकबाट नयाँ परीक्षण विधि स्वीकृत](https://npcdn.ratopati.com/media/news/uu_iXG7uRerjR.jpg)
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ ।
बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको एनएस ८०स्२०४२ ह्युम पाइपलाई परिमार्जन गरिएको नेपाल गुणस्तर एनएस ८०स्२०८१ पारित भएको हो । साथै लिमिटेड ओभन स्याक (ब्लक बटन भल्भ) र घरायसी प्रयोजनमा आउने युपीभीसी पाइप फिटिङको नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ ।
यसैगरी गरगहना, पानी र माटो परीक्षणसँग सम्बन्धित आईएओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरूप परीक्षण विधिका गुणस्तरहरू समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।
मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई निर्देशन दिए । उनले निर्यात प्रवर्धन हुने अन्य सामग्रीहरूको अध्ययन गरी मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रूपमा मान्यता पाउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन