शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

गुणस्तर परिषद्को बैठकबाट नयाँ परीक्षण विधि स्वीकृत

बिहीबार, २९ कात्तिक २०८१, २० : ४६
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । 

बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।

हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको एनएस ८०स्२०४२ ह्युम पाइपलाई परिमार्जन गरिएको नेपाल गुणस्तर एनएस ८०स्२०८१ पारित भएको हो । साथै लिमिटेड ओभन स्याक (ब्लक बटन भल्भ)  र घरायसी प्रयोजनमा आउने युपीभीसी पाइप फिटिङको नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ । 

यसैगरी गरगहना, पानी र माटो परीक्षणसँग सम्बन्धित आईएओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरूप परीक्षण विधिका गुणस्तरहरू समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।

मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई निर्देशन दिए । उनले निर्यात प्रवर्धन हुने अन्य सामग्रीहरूको अध्ययन गरी मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रूपमा मान्यता पाउने व्यवस्था छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप