सहकारी ठगी प्रकरण
रविलाई आज भैरहवा राखिने, भोलि बिहान कास्की पठाइने
बिहीबार, २९ कात्तिक २०८१, २० : ३९

बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बिहीबार) भैरहवा नै राखिने भएको छ । उनलाई भोलि (शुक्रबार) बिहान कास्की पठाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीका एसपी रञ्जित राठौरले आज जिल्ला प्रहरी कार्यालयमा नै राखिने र भोलि बिहान कास्की पठाउने बताए । प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो ।
रविलाई कास्कीबाट मंगलबार भैरहवा ल्याएको थियो । बुटवलको सुप्रिम सहकारी रकम सङ्गठित रूपमा ठगी गरेको आरोप उनीसँग तीन दिन बयान लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?