माकल बालेर सुतेका कारण ३ जनाको मृत्यु भएको आशंका

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा माकल बालेर सुतेका कारण ३ जनाको मृत्यु भएको आशंका गरिएको छ । गाम्छामा ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु नगरकोटी र दुई महिने बालक मृत अवस्थामा भेटिएका हुन् ।
ढोका थुनेर बसेको र घटनास्थलमा माकल बालेको भेटिएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘दुई महिनाको बच्चा भएको कारण कोठा तातो बनाउन माकल बालेको र निसास्सिएर मृत्यु भएको हुनसक्ने हाम्रो आकलन छ ।’
ढोकामा भित्र र बाहिर दुवैतिरबाट लगाउन मिल्ने लक सिस्टम रहेको र ढोका बन्द भएको देखेपछि मृतकका पति कान्छा नगरकोटी कार्तिक १६ बाट घरमा गएका थिएनन् । ढोका बन्द गरेर पत्नी सम्पर्कविहीन भएको भन्दै उनले प्रहरीमा खोजतलास निवेदन दिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
घटना दुइसाता पुरानो भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । घटनास्थलमा त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञहरु पनि पुगेर हेरेका छन् । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘शव गलिसकेको अवस्था छ, चिकित्सकहरूले पनि ती शव कम्तीमा दुईसाता पुरानो हुनसक्ने बताएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त