काठमाडौँ महानगरको फोहोर व्यवस्थापनको टेण्डर प्रक्रिया रोक्न नपर्ने आदेश

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाले अघि बढाएको फोहोर व्यवस्थापनको टेण्डर रोक्न नपर्ने आदेश गरेको छ । उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेको हो ।
फोहोरमैलाको संकलन तथा व्यवस्थापनको संवेदनशीलता भएकाले महानगरपालिकाले सार्वजनिक गरेको बोलपत्रको प्रक्रिया रोक लगाउन नपर्ने भनी आदेश गरेको छ ।
काठमाडौँ उपत्यकाको फोहोरमैला संकलन गरिरहेको नेपवेष्ट प्रा.ली.ले बोलपत्रको प्रक्रिया रोक लगाउनुपर्ने माग राखी कात्तिक १२ गते रिट दायर गरेको थियो ।
निवेदनमा उल्लेख भएका विषय अन्तिममा नै निरूपण हुने भन्दै अदालतले प्रक्रिया रोक्न नपर्ने भनी आदेश गरेको हो । सरकारले परियोजना विकास सम्झौता (पीडीए) गरी काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मेवारी नेपवेष्टलाई दिएको थियो । महानगरले उक्त सम्झौता विपरीत गएको भन्दै नेपवेष्टले अदालतमा मुद्दा हालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो
-
परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी
-
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
-
प्रादेशिक संरचना निर्माणमा राजनीतिक नेतृत्वको चासो छैन