गोकर्णेश्वर घटना
श्रीमती र छोराछोरी हराएको भन्दै नगरकोटीले दिएका दिए प्रहरीमा निवेदन
बिहीबार, २९ कात्तिक २०८१, १९ : ३५

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा मृत भेटिएका आमा र दुईजना छोराछोरी हराएको भनेर प्रहरीमा खोजतलास निवेदन परेको थाहा भएको छ ।
गाम्छामा मृत भेटिएकी सिता दंगाल नगरकोटीका पति ४९ वर्षीय कान्छा नगरकोटीले खोजतलास गरिपाउँ भनेर निवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । बिहीबार मध्यान्ह साढे २ बजेतिर उनले आफ्नी पत्नी, छोरा र छोरी कार्तिक १६ बाट हराएको भनेर निवेदन दिएका हुन् ।
‘खोजी गरिपाउँ’ भन्ने निवेदन आएपछि प्रहरी खटिएर हेर्दा कोठामा ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु नगरकोटी र दुई महिनाका छोरा मृत अवस्थामा भेटिएका हुन् । घट्नाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको मूल्य निर्धारण : गत वर्षभन्दा एक सय रुपैयाँले बढ्यो
-
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर