पोखराका सबै ताल जोड्न साइकल ट्र्याक बन्ने

पोखरा । पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालहरू जोड्ने गरी साइकल ट्र्याक निर्माण गर्ने भएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त ट्र्याक निर्माण गर्न लागिएको हो ।
फेवातालदेखि सुरु हुने ट्र्याक कमलपोखरीबाट लेखनाथका सातै ताल छोइनेछ । ट्र्याक निर्माणको लागि मास्टर प्लान पनि तयार भइसकेको छ । एडिबीले पोखरालाई दिन लागेको साढे ७ अर्बको दिगो पर्यटन परियोजना अन्तर्गत नै ९८ करोड लगानी साइकल ट्र्याकमा गर्न लागिएको हो ।
‘एडिबीले विदेशी कन्सल्ट्याण्ट पठाएर डीपीआर तयार गरिदिएको हो । ९८ करोड लागत लाग्छ,’ मेयर धनराज आचार्यले भने, ‘अब योजनाको काम पनि सुरु भइहाल्छ । केही समयमा टेण्डरमा जान्छ ।’ जापानको परामर्शदाताले ४ महिना अध्ययन गरेर यो रिपोर्ट निकालिएको हो । ट्र्याकको लम्बाइ १ सय १७ किलोमिटर छ । यसमा ट्र्याक र ट्रेल दुवै हुने आचार्यले सुनाए ।
‘मुख्य ट्र्याकबाट सबै ताल जोडिन्छ । साना ट्रेल पनि बन्छन् । विद्यार्थीका लागि सिटीभित्र र बाहिर पनि बन्छन्,’ उनले भने, ‘विभिन्न ठाउँमा कफी सप, ट्वाइलेट, बार्थिङ सेण्टरहरुसहित इन्टरनेशनल स्ट्याण्डर्डको लेन बन्छ । भरसक मुख्य सडक छोडेर ट्र्याक बनाउने योजना छ ।’ कन्सल्ट्याण्टले अर्को शुक्रबार प्रतिवेदन महानगरलाई प्रतिवेदन तयार गरेर उपलब्ध गराउने छ । त्यसपछि एडिबीमा पठाउनुपर्छ । बिहीबार सरोकारवालासँग अन्तरक्रिया पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
-
‘संविधान संशोधनभन्दा पनि त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ’
-
पोखरा महानगर : हटाइएका करार कर्मचारीले लगाए ताला
-
विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविनको पहलको लागी सभामुखलाई ध्यानाकर्षण
-
सिंगापुरमा निर्वाचनको मिति घोषणा
-
गर्मीमा किन खानु पर्छ मेवा ?