समाचार
काठमाडौँको गोकर्णेश्वरमा एकै परिवारका ३ जना मृत फेला
बिहीबार, २९ कात्तिक २०८१, १८ : ४७

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन् ।
मृत फेला पर्नेमा ३३ वर्षीया सीता दंगाल नगरकोटी, उनकी छोरी अंशु नगरकोटी र दुई वर्षीय छोरा छन् । कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
मृतक सीताका श्रीमान् कान्छा नगरकोटीलाई प्रहरीले सोधपुछ गरिरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने
-
अभिनेत्री दीया मास्केको आग्रह : फिल्ममा गएकाहरू नाटकमा फर्किनुस्
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
-
चैते धानको मूल्य निर्धारण : गत वर्षभन्दा एक सय रुपैयाँले बढ्यो
-
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज