चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन
भक्तपुर । प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ स्युएयुआनको नेतृत्वमा आएको टोलीलाई भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गरेर स्वागत गरेका थिए ।
नगर प्रमुख प्रजापतिले चिनियाँ नेताले भक्तपुरका कला, संस्कृति संरक्षणलाई अवलोकनका क्रममा विशेष ध्यान दिएको बताए । यस्ता भ्रमणले नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । महासङ्घका उपाध्यक्ष स्युएयुआनले सभ्यता र सँस्कृतिको आदान–प्रदानमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउँदै भक्तपुर गहिरो साँस्कृतिक जग भएको कलात्मक सहर भएको उल्लेख गरे । उनले चीन–नेपालबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो रहेको स्मरण गरे ।
चिनियाँ टोलीमा महासङ्घका चु ल्यउ, लीन सियाओफान, चाओ रूओछन्, वाङ सङ हुई र चिनियाँ दुतावासबाट काउन्सिलर छिन वनछ्, वाङ तोङ, नेपाल प्रवासी चिनियाँ संगठनका अध्यक्ष चीन सियाओतोङलगायतको सहभागिता रहेको थियो ।
प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर र चतुर्ब्रह्म महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैवनाथ मन्दिर, गःहिटीको लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अवलोकन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास