भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै
_l1Cq08b7nb.jpg)
काठमाडौँ । भोलि (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रुपमा भोलि संयुक्त रुपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् ।
त्यसपछि भोलि राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बंगलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ ।
नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा सावित हुने बताए । रातोपाटीसँग उनले भने, ‘भारतबाहेक पनि नेपाल विद्युत् व्यापारको सम्भावना देखाउने यो बलियो माध्यम हो । यसले नेपालमा ऊर्जा व्यापारमा ठुलो सम्भावना देखाएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु